बोरामै ३० रुपैयाँसम्म बढ्यो सिमेन्टको भाउ, उद्योगी भन्छन्, ‘अझै बढ्छ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 28, 2021 | 10:34:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टको भाउ बढेको छ । प्रमुख कच्चापदार्थ कोइलाको भाउ अन्तराष्ट्रिय बजारमा बढेपछि त्यसको असर नेपालका सिमेन्ट उद्योगमा पनि परेको हो ।

अहिले ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) सिमेन्टको भाउ प्रतिबोरा (५० किलो) ३० रुपैयाँसम्म बढेको छ । पीसीसी सिमेन्टको भाउ पनि यसअघिको तुलनामा प्रतिबोरा १० प्रतिशत बढिसकेको छ ।

किन बढ्यो भाउ ?

कोइलाको मूल्य बढेको मात्रै नभई आपुर्ति नै खुम्चिएका कारण मूल्य बढाउन आफूहरु बाध्य भएको उद्योगीहरु बताउँछन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार अहिले ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य नै ६५० रुपैयाँदेखि ७ सय रुपैयाँ छ ।

यसअघि ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य ६२० रुपैयाँदेखि ६६० रुपैयाँसम्म थियो । दशैँअघि त उद्योगीहरुले मूल्य नै घटाएका पनि थिए । तर, अन्तराष्ट्रिय बजारमा देखिएको असरले अहिले मूल्य बढेको छ ।

यसअघिः
२० प्रतिशतले बढ्दै सिमेन्टको भाउ, यस्तो छ कारण

मूल्य बढेका कारण अब उपभोक्ताले एक बोरा (५० किलो) ओपीसी सिमेन्ट खरिद गर्दा ८ सय रुपैयाँ तिर्नुपर्ने देखिएको छ । यो औसत मूल्य हो । यसमा १० देखि २० रुपैयाँसम्म घटबढ हुने उद्योगीहरुले जनाएका छन् ।

कोइलाको भाउमा ६ गुणा बृद्धि

अन्तराष्ट्रिय बजारमा अहिले कोइलाको भाउ अत्याधिक बढेको छ । संघका अध्यक्ष थापाका अनुसार विश्वबजारमा कोइलाको मूल्य एक्कासी ६ गुणासम्मले बढेको छ ।

बढेको मूल्यमै पनि कोइला पाउन मुस्किल छ । जसका कारण सिमेन्टको भाउ अझै बढ्ने उद्योगीहरुले जनाएको छ । प्रतिबोरा औसतमा २५ रुपैयाँ बढिसकेको र फेरि अर्को २५ रुपैयाँ बढ्न सक्ने उद्योगीहरुले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved