सर्वोत्तम सिमेन्टले भेट्यो सिन्धुपाल्चोक र काभ्रेका ठेकेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 01:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट्प्रमुख ई. अभिषेक झाद्वारा ओ.पि.सि. सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराइएको थियो । घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दाभुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा समेत जानकारी तथा तालिम प्रदान गराइएको थियो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न सर्वोत्तम सिमेन्ट उद्योगले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

सर्वाेत्तम सिमेन्ट ठूला परियोजनाहरु तथा गौरवका आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत प्रयोग हुँदै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved