भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु, १५ देखि ५० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 04:28:58 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटवेयर म्यानुफ्याम्चरर्स एशोसियसनले भृकुटीमण्डपमा जुत्ता चप्पल मेला आयोजना गरेको छ । एशोसियसनले ‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ सुरु गरेको हो ।

मंसिर १३ गतेसम्म आयोजना हुने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ पनि उपस्थित थिए ।

मेलामा ३० कम्पनीका १ सय बढी स्टल छन् । मेलामा नयाँ तथा पूराना ब्राण्डका जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

दैनिक ७ हजार ५ सय जोर जुत्ता बिक्रि हुने र मेला अवधि भरमा २ करोड बढीको कारोबार गर्ने लक्ष्य एशोसियसनको छ । एशोसियसनले मेलाकै लागि भनेर ५० लाख बढी लगानी गरेको छ । भृकुटीमण्डपमा मेला आयोजना गर्न एशोसियसनले समाजकल्याण परिषदलाई दैनिक ६० हजार रुपैयाँ तिर्नेछ ।

मेलामा ३ हजार ब्राण्डका जुत्ता चप्पल एउटै छानामुनि उपभोक्ताले रोजिरोजी पाउने एशोसियसनका अध्यक्ष कृष्णकुमार फुयाँलले जानकारी दिए । १० लाख बढीले मेलाको अवलोकन गर्ने उनको भनाई छ ।

जुत्ता चप्पल उद्योगमा १८ अर्ब माथिको लगानी छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved