सिजनमै बन्द भए सरकारी सिमेन्ट उद्योग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 10:27:25 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माणको सिजनमै सरकारी सिमेन्ट उद्योग भने बन्द भएका छन् । सिमेन्ट लगायतका निर्माण सामग्रीको बजारमा माग बढ्न थालेकै बेला पूर्ण सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग भने बन्द भएका हुन् । 

कोइलाको अभाव र अन्य मेशिन तथा औजारहरुको मर्मत गर्नुपर्ने भएकाले उद्योग बन्द गर्नुपरेको ‘रेडिमेड’ जवाफ दिँदै यी २ उद्योगका व्यवस्थापकहरु पन्छिने गरेका छन् । 

त्यसो त हेटौँडा सिमेन्टले कोइला खरिद बापतको २० करोड रुपैयाँभन्दा बढी रकम आपुर्तिकर्तालाई तिर्न बाँकी छ । भारतबाट कोइला सप्लाई गर्दै आएको सप्लायर्स (ठेकेदार) ले हेटौँडा सिमेन्टलाई बक्यौता नतिरेसम्म नयाँ टेन्डर भएको १७ हजार टन कोइला आपूर्ति नगर्ने चेतावनीसहितको जवाफ उद्योगमा पठाइसकेको छ ।

हेटौँडा सिमेन्ट उद्योगले आफूले उत्पादन गर्दै आएको शक्ति सिमेन्टको मूल्य प्रतिबोरा ७०१ रुपैयाँ ७३ पैसा राखेको छ । तर, उत्पादन लागत भने प्रतिबोरा ८५० रुपैयाँ रहेको दाबी गरिन्छ । 

त्यस्तै, सिजनमै अर्को सरकारी उद्योग उदयपुर सिमेन्ट पनि बन्द छ । यो उद्योग अब कहिले खुल्छ टुंगो छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved