२१ सय कार्टुन बाह्रसिङ्गे बियर बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 10:57:23 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति गुज्रिएका २ हजार १ सय कार्टुन बियर बरामद गरेको छ । बजार अनुगमन टोलीले याक ब्रुअरी कम्पनीले उत्पादन गरेको बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो ।

याक ब्रुअरीको डिलर क्लाइमेक्स ट्रेडिङको धुम्बाराहीस्थित ३ वटा गोदाममा भण्डारण गरिरहेको अवस्थामा ६५० मि.लि. लिटर र ३३० मि.लि. लिटरका बोतलमा रहेका बियर बरामद गरिएको विभागले जनाएको छ ।

टोलीले गोदाम सिल गरेको छ ।

बरामद गरिएको बियरको कुल बजार मूल्य करिब ६० लाख भन्दा बढीपर्ने देखिएको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved