देशभरका क्रसर तथा खानी उद्योग अनिश्चितकालको लागि बन्द गर्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 02:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभरका क्रसर, खानी तथा वालुवा उद्योगहरुको विक्री वितरण तथा उत्पादन कार्य ठप्प पार्ने चेतावनी दिएको छ । क्रसर, खानी तथा वालुवा उद्योगहरु २०८० असार १५ गते भित्र नविकरण गर्न मातहतका निकायहरुलाई सरकारले लिखित स्पष्ट निर्देशन नदिएमा असार १६ देखि महासंघले उद्योगहरु बन्द गर्ने चेतावनी दिएको हो ।

रवी लामिछाने गृह मन्त्री हुँदा मन्त्रिपरिषद बैठकले  हाल दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ती उद्योगबाट कानून बमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर असार मसान्त नजिकिदै गर्दा पनि यस बारे सरकारबाट थप कुनै निर्देशन प्राप्त नभएको महासंघले जनाएको छ।  

 जिल्ला जिल्लामा रहेका नेपाल सरकारको सम्बन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर शुल्क लगायतका राजश्व रकम बुझाउन जांदा पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएको महासंघले गुनासो गरेको छ।

 सोहि कारण असार १५ गते भित्र नविकरण गर्न मातहतका निकायहरुलाई सरकारले लिखित स्पष्ट निर्देशन नदिएमा महासंघले असार १६ बाट उद्योगहरु बन्द गर्ने निर्णय महासंघले गरेको हो ।

 साथै, कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा, गिट्टी, वालुवा उत्खनन कार्य र तिनै कच्चा पदार्थहरु क्रसिङ्ग प्रशोधन गर्ने गरी उद्योग संचालन गर्ने कार्य दुई छुट्टाछुटै उद्देश्य र प्रकृतिको कार्य भएको महासंघले प्रष्ट पारेको छ। कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग संचालनसंगै जोडेर मूल्यांकन गर्न नमिल्ने हुँदा उत्खनन कार्य स्थानीय सरकार मार्फत र क्रसर उद्योग संचालन कार्य उद्योग मन्त्रालय मार्फत व्यवस्थापन गर्ने महासंघले आग्रह गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved