औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 08:19:41 AM मा प्रकाशित

laxmi  sunrise bank

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो  प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तयारी गरेको छ । कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सहित असार २७ गते बालाजु स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाको विशेष प्रस्तावमा 'औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने' उल्लेख छ।

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत  सञ्चालक समितिको तर्फबाट पेस हुने अध्यक्षको प्रतिवेदन पारित गर्ने,  लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आ.व. २०७८|०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण एवं सो सम्बन्धी अनुसूचीहरू पारित गर्ने, र आ.व. २०७९|८० को वित्तीय तथा कर लेखापरीक्षण गर्नका लागि महालेखा परीक्षकको परामर्श बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ।

आ.व.२०७८।०७९ को मुनाफाबाट प्रस्तावित नगद लाभांश पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved