चाउचाउ र कुकिज उत्पादन गर्न ८० करोड लगानी थप्दै दुगड ग्रुप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 10:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी मोतीलाल दुगडको दुगड ग्रुपले चाउचाउ, कुकिज र केचअप लगायतका बस्तु उत्पादनमा ८० करोड लगानी थप गर्ने भएको छ । दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रा.लि.मा ८० करोड थप लगानी गर्न लागिएको पूर्व राज्यमन्त्रीसमेत रहेका मोतिलाल दुगडले बिजपाटीलाई जानकारी दिए ।

मोरङको बुढीगंगा गाउँपालिकामा रहने गरी ८० करोड लगानीको उद्योग दर्ता गरिसकिएको उनको भनाई छ । उद्योगले वर्षमा चाउचाउ, कुकिज, ओट्स, टोमाटो केचअप लगायतका विभिन्न बस्तुहरु उत्पादन गर्ने जनाएको छ । 

चाउचाउ, कुकिज मसला, स्न्याक्स, अचार, टोमाटो केचअप, ओट्स फ्लेक्स, कर्न फ्लेक्स, चोको फ्लेक्स र रोस्टेड पिज उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । 

उद्योग विभागमा कम्पनीले बुझाएको विवरण अनुसार दुगडको नयाँ कम्पनीले २६५ जनालाई रोजगारी दिने जनाएको छ । 

हाल दुगड ग्रुपले सेञ्चुरी ब्राण्डका मसला, स्न्याक्स, अचार, जेलिस, चकलेट, ड्राइ फ्रुट बिक्री गर्दै आएको छ । सन् १९९९ मा स्थापना भएको कम्पनीले वार्षिक १५ हजार मेट्रिक टन बस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved