प्राधिकरणले उद्योगको लाइन काटेर पुरस्कृत गर्यो: पवन गोल्यान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 03:45:31 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी पवन गोल्यानले विद्युत प्राधिकरणले उद्योगको लाइन काटेर पुरस्कृत गरेको भन्दै व्यङ्ग्यात्मक गुनासो गरेका छन् । आफ्नो कुनै कमजोरी नभए पनि उद्योगीका समस्याबारे बोलेकै आधारमा प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेर पुरस्कृत गरेको गुनासो गरेका हुन् ।

‘उहाँ (प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ) भक्तबहादुर पुनको प्रतिवेदनको कुरा गरिरहनु भएको छ, भक्तबहादुर पुनको प्रतिवेदनमा रिलायन्स स्पिनिङ मिल्सको नाम कतै छैन, तर प्राधिकरणले रिलायन्स स्पिनिङकै लाइन काटिदिएको छ’ उनले भने, ‘यो अरु केही पनि होइन, मलाई विद्युत प्राधिकरणले दिएको गिफ्ट हो । अरु उद्योगी साथीहरुलाई समस्या पर्दा मैले बोल्ने गरेकै कारण लाइन काटेर प्राधिकरणले पुरस्कृत गर्यो ।’

उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग खोल्नु भनेको अपराध गर्नु हो भन्ने जसरी व्यवहार गरेको गुनासो गर्दै आज यहीँ कारण आफूलाई निन्द्रा लाग्न छोडेको पनि दुःखेसो गरे।

‘के देशमा उद्योग खोल्नु अपराध गर्नु हो ?’ गोल्यानले प्रश्न गर्दै भने, ‘आज मलाई निन्द्रा लाग्न छोडेको छ, रिलायन्समा काम गर्ने ५ हजार मजदूर साथीहरुको बिचल्लि भएको छ । अहिले लाइन काटिएका उद्योगहरुबाट २ लाख परिवार पालिन्थ्यो, अब उहाँहरुको अवस्था के होला ?’

उनले प्राधिकरणले फर्जी बिल पठाएर जनताको नजरमा उद्योगी व्यवसायीलाई नकारात्मक देखाउने काम भएको भन्दै आपत्ति पनि जनाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved