‘विद्यार्थीले सपना देख्न सक्नुपर्छ, साकार बनाउँन ब्रिजवाटरले सहयोग गर्छ’ (अन्तर्वार्ता)

केशव सुवेदी/बिजपाटी

केशव सुवेदी/बिजपाटी

Jun 16, 2021 | 10:55:31 AM मा प्रकाशित

mega bank

कोभिडको कारण यसपाली पनि एसइइ (SEE) को नतिजा आन्तरिक मूल्याङ्कनबाट हुने हँदा सबै विद्यालयहरु अहिले एसइइको नतिजा मूल्याङ्कनको तयारीमा छन् । राष्ट्रिय परीक्षा बोर्डले असार २० गते सम्म सबै विद्यालयले आफ्ना विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गरी पठाउँने समयसीमा निर्धारण गरेको छ । 

एसइइ दिएका विद्यार्थीहरुमा अब प्लस टु (+2) मा के विषय पढ्ने, कुन क्याम्पस छान्ने भन्ने धेरै जिज्ञासाहरु हुन्छन् । त्यही जिज्ञासाहरु समाधान होस् भन्ने उद्देश्यले बिजपाटी डटकमले यसै विषयसँग सम्बन्धित भएर ब्रिजवाटर एजुकेशन फाउण्डेसन (Bridgewater International Foundation) का अध्यक्ष तथा एकेडेमी अफ कमर्शका प्रमुख दिपक पाण्डेसँग कुराकानी गरेका छाैँ । 

प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :

कोरोना महामारी र निषेधाज्ञाले शिक्षा क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?  

पछिल्लो समय कारोना महामारीले शिक्षा क्षेत्रमा गम्भिर प्रभाव त परेको छ नै यससँगै सम्पूर्ण क्षेत्रमा प्रभाव परेको छ । मानिसहरुले आफ्नो काम गर्न नपाएर घरमै थुनिनुपरेको जटिल अवस्था छ । नेपालले मात्र नभएर विश्वले नै भोग्न परेको चुनौति पनि हो यो । शिक्षासँग जोडिएर भन्नुपर्दा हाम्रो देशमा व्यवस्थित शैक्षिक प्रणाली नभएका कारण र अनलाइन कक्षाको अभ्यास नभएका कारण धेरै समस्या झेल्नुपरेको छ । कक्षा सञ्चालनमा विद्यार्थीहरुलाई अनुशासनमा राख्न नसकिने, नेटवर्कमा समस्या हुने, भिडियो कहिले अन कहिले अफ हुने, गृहकार्य भौतिक रुपमै परीक्षण गर्न नसकिने लगायत यावत समस्या हुँदाहुँदै पनि हामी प्रविधिलाई आत्मसाथ गर्दै जानुपर्छ ।

हामीले यसलाई केवल समस्याको रुपमा मात्र नभई यसले नयाँ सम्भावनाहरु पनि खोलेको छ भन्ने बुझेका छौँ । यो समय कोरोनासँग लड्नुपर्ने चुनौतिसँगै यस समयमा नयाँ टेक्नोलोजीको प्रयोग गर्ने अवसर पनि भएको मलाई लाग्छ ।

व्यवस्थित शैक्षिक प्रणाली छैन भन्नु भयो, हुनु पर्ने शिक्षा कस्तो हो ?

यहाँले बढो गजबको कुरा उठाउँनु भयो, मलाई के लाग्छ भने शिक्षा हाम्रो जीवनको रुपान्तरणसँग जोडिएको विषय हो । शिक्षाले तपाईको जीवनमा गुणस्तर ल्याएको छैन, ट्रान्फर्मेसन ल्याएको छैन, समाजलाई सकारात्मकता दिने दिशामा हुनु हुन्न, आर्थिकरुपले आत्मनिर्भर हुनु हुन्न भने मलाई लाग्छ तपाईले लिनुभएको शिक्षामा कहीँ न कहीँ त्रुटि भएको हुनुपर्छ । यसले गर्दा अहिलेको शिक्षाले वास्तविक दक्ष जनशक्ति उत्पादन गर्न नसकेको हो कि भन्ने मलाई लाग्छ ।

शिक्षाले हामीलाई फाइनान्सियल आत्मनिर्भरता तथा त्यो स्तरको स्वतन्त्रता दिएन भने हामी कहीँ न कहीँ चुक्यौ, कि त हामी पाठ्यक्रम बनाउँनमै चुक्यौ, कि त प्रस्तुतिमा चुक्यौ। विद्यार्थीले जुन विधामा अध्ययन गरिरहेका छन् त्यसमा उनीहरुले आँफै केही नयाँ गर्न सक्नुपर्छ ।

वास्तविक दक्ष जनशक्ति उत्पादन गर्न तपाइको कलेजबाट कस्तो अभ्यास भइरहेको छ ?

हामीले ११/१२ कक्षाकै कुरा गर्ने हो भने शुरुमा हामी विद्यार्थीहरुलाई सपना देख्न सिकाउँछौँ । ११/१२ का विद्यार्थीहरु जुझारु तथा केही गर्नुपर्छ भन्ने खालका हुन्छन् । उनीहरुको सपना के हो त ? उनीहरु आफ्नो भविष्य कुन दिशामा लैजान चाहन्छन् ? डाक्टर, इन्जिनियर, चार्टर अकाउन्टेन्ट अथवा अन्य जे सुकै बन्ने होस्, ऊ जे बन्न चाहन्छ त्यही क्षेत्रका दक्ष व्यक्तिसँग हामी अन्तरक्रिया गराउँछौँ । जस्तैः डाक्टर बन्न चाहने विद्यार्थीलाई डाक्टरसँग नै अन्तरक्रिया गराउँछौँ । त्यसपछि उसलाई यो क्षेत्रको डाक्टर बन्छु, इन्जिनियरको चाहना भएकाले यो क्षेत्रको इन्जिनियर बन्छु भन्ने सोच विकास हुन थाल्छ । 

जुन क्षेत्रमा विद्यार्थी जान चाहन्छ त्यही क्षेत्रमा कार्यरत व्यक्तित्वसँग अन्तरक्रिया गराउँछौँ । ताकि यहाँ उसले भोलिको उसको दुनिँयाबारे जिज्ञासा राखेर त्यसको जवाफ पाओस् । हामीले समय समयमा विभिन्न कार्यक्रम गरेर विद्यार्थीहरुलाई अनुसन्धानान्मक अध्ययन गर्न लगाउँछौँ, जसले गर्दा उनीहरुले आफूले अध्ययन गर्दै गरेको विषयवस्तु बारे विश्वभरको अवस्थाबारे थाहा पाउँन सक्छन् । 

अहिले एसइइ दिएर बसेको विद्यार्थीहरु तपाईको कलेजमा आउँदा के पाउँन सक्छन्, जुन अरु कलेजमा पाउँदैनन् ?

ठ्याक्कै, अरुबाट के पाउँछन् के पाउँदैनन् भन्दा पनि हामी चाँही शिक्षामा उच्च गुणस्तरता दिन सक्नुपर्छ भन्छौँ । अहिले पछिल्लो समयमा हाम्रो कलेजमा राम्रा राम्रा विद्यार्थीहरु आकर्षित हुन थालेका छन् । मलाई यसको पछाडिको कारण के लाग्छ भने हामी सबैभन्दा पहिला विद्यार्थीको गोल (उद्देश्य) मा काम गछौँ । विद्यार्थीलाई केवल कक्षा पास गर्ने लाइनमा मात्र नबुझाइ ऊ के बन्न चाहन्छ ?, उसको त्यो सपनासँग जोड्ने काम हामी गर्छौँ । ऊ डाक्टर, इन्जिनियर तथा जे बन्न चाहन्छ पहिला उसमा उसको सपना विकास गर्छौँ, त्यसपछि सम्बन्धित क्षेत्रका विज्ञ तथा दक्ष व्यक्तिसँग अन्तरक्रिया गराउँछौँ । 

विद्यार्थीमा नेतृत्वक्षमता, आत्मविश्वास विकास हुनुपर्छ भनेर विभिन्न कार्यक्रम गर्छौँ । मोटिभेसन स्पिकरहरु ल्याएर अन्तरक्रिया गराउँछौँ । त्यस्तै हामी विभिन्न खेलकूद प्रतियोगीताहरु सञ्चालन गर्छौँ, भर्खरै हामीले ब्रिजवाटर कप आयोजना गरेका थियौँ जसमा खेलकूद मन्त्री प्रमुख अतिथी भएर आउँनुभएको थियो । यस्ता विभिन्न कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरुलाई फरक फरक वातावरणबाट सिक्ने अवसर दिलाउँछौ ।  

विद्यार्थीलाई के विषय लिएर पढ्ने ?, कतिपय विद्यार्थीहरुलाई के बन्ने र मेरो सपना तथा चाहना के हो भन्ने नै उसलाई थाहा हुँदैन । यस अवस्थामा उनीहरुलाई के पढ्ने ?, के बन्ने भन्ने कुराको विकास कसरी गराउँन सकिन्छ ?

विद्यार्थीलाई ऊ के बन्ने भन्ने कुरा अवसरले मात्र निर्धारण गर्न सक्दैन । सबैभन्दा पहिला त उसको गहिरो चाहना के हो ? उसले एसइइ दिने समयसम्मको पढाइले १४/१५ वर्षसम्मको उमेरको अध्ययनले, भोगाइले उसले के विकास गर्यो ? यो दुनियाँमा जुनसुकै विषयको पनि स्कोप छ । अवसर भनेको त हरेक ठाउँमा फरक फरक भेटिन्छन् । उसको प्रमुख चाहना के हो त्यसमा आधारित भएर पढ्नुपर्छ । पढ्ने विषय तथा विद्यार्थीको सपना तलबले निर्धारण गर्ने होइन । मैले धेरै प्रतिशत ल्याए यो पढ्छु ,थोरै ल्याएँ त्यो सक्दिन यो पढ्छु भन्ने कुराले विषय छनोटमा निर्धारण गर्ने होइन । 

पहिलो कुरो त प्राकृतिक रुपमा नै के सँग घुलमिल भएर त्यसमै रमाएर रहन सक्छु भन्ने विचार गर्नुपर्छ । यसको उदाहरण के दिन चाहन्छु भने तपाईले टि.भी तथा युट्युव खोल्नुभयो भने बैंकका सिइओको कुराकानी हेर्नुहुन्छ कि, इन्जिनियरिङका विषयवस्तुमा हेर्नुहुन्छ कि, वैज्ञानीक अविष्कारका विषयमा ध्यान दिनुहुन्छ कि, पत्रपत्रिका पढ्दा कस्ता कराहरुमा फोकस गर्नुहुन्छ यस्ता कुराहरुले पनि आफ्नो चाहना तथा सपना अनुसारको के विषय पढ्ने भन्ने निर्णय गर्न सक्नुहुन्छ ।

यसरी विद्यार्थीहरुले आफुले पढ्ने विषय निर्धारण गरेपछि त्यही क्षेत्रका विज्ञहरुसँग अन्तरक्रिया गराएर विद्यार्थी भित्र अङ्कुराउँन खोजेको कुरा के हो त्यो थाहा पाइसके पछि अनि बल्ल उसले आफ्नो सपनाको बाटोतर्फ हिँड्दा सफलता पाउँछ जस्तो मलाई लाग्छ ।

सरकारले शिक्षा क्षेत्रमा जति खर्च गरेको छ त्यो अनुसारको उपलब्धी छैन । यसरी लगानी अनुसारको प्रतिफल नआउँनुको कारण के होला ?  

सरकारले शिक्षाक्षेत्रलाई जुन स्तरमा हेर्नुपर्ने हो त्यो तरिकाले नहेरेको मलाई लाग्छ । शिक्षालाई बुझ्ने तरिकामा पनि गल्ति गरेका छौ जस्तो लाग्छ । शिक्षाले जीवनलाई परिवर्तन गर्छ कि गर्दैन, जीवनलाई सकारात्मक बाटोमा हिँड्न सिकाउँछ कि सिकाउँदैन ? आर्थिक रुपले आत्मनिर्भर बनाउँछ कि बनाउँदैन ? जुन क्षेत्रमा लागिएको छ त्यसमा अब्बल रुपले नेतृत्व लिन सक्ने बनाउँछ कि बनाउँदैँन ? यदि यी प्रश्नहरुको जवाफ शिक्षा दिने मानिसले महशुस गरेर सिकाउँन सुरु गरे भने मलाई लाग्छ त्यही पल हामीले रुपान्तर गरेको भन्ठान्छौँ । तर हामीले यदि यी प्रश्नको उत्तर दिन सकेनौँ भने जाँच दिने अभ्यास मात्र हुन्छ । केवल जाँचका लागि मात्र पढिदिएको भन्ने हुन्छ । त्यसैले हामीले जाँचमा केन्द्रित नभई, जिपिए धेरै ल्याउँन भन्दा पनि जीवनसँग जोडेर जीवनलाई सकारात्मकता दियो कि दिएन भन्ने तर्फ हेर्नुपर्छ जस्तो मलाई लाग्छ ।

एउटा कलेजमा विद्यार्थीको संङ्ख्याले धेरै मान्यता राख्छ कि कलेजको शैक्षिक गुणस्तरीयतामा ?

यस विषयमा यहाँलाई भन्नुपर्दा मेरा एकजना विद्यार्थीले अन्तराष्ट्रिय स्तरका कुराहरु जस्तै सिङ्गापूरमा त्यहाँको सरकारले यस्तो प्रगति गर्यो, समुन्द्रलाई धकेलेर क्षेत्र बढायो भनेर जब आफ्नो कुराहरु नेपालसँग तुलना गरेर गर्छ भने त्यो बेला म बढी खुशी हुन्छु उसले यति जिपिए ल्यायो भन्नु भन्दा । विद्यार्थीले कुनैपनि ठाउँमा प्रगति गरेको खबरले मलाई आनन्द लाग्छ । कुनै ठाउँमा मेरा विद्यार्थीले दिएको सन्देश अरुले महशुस गरिरहेका छन् भने म यो सोच्छु की हामीले सहि शिक्षा दिइरहेका छौँ । 

नम्बर र जिपिए भन्दा पनि जुन दिन तपाई पढाइ सकाएर यो वास्तविक दुनियाँमा आउँनुहुन्छ त्यो बेला हरेक दिन तपाईको परीक्षा हुन्छ । त्यसबेला तपाईले आफूले सिकेका कुराहरु र वातावरणमा भएका कुराहरुलाई कसरी सिक्नुभयो, कसरी बुझ्नुभयो र कसरी त्यसमा प्रतिक्रिया दिएर अगाडि बढ्नुभयो त्यसले महत्त्व राख्छ । विद्यार्थीले उसले पढेर, सिकेर जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरामा ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ । उसले देखेको सपना पुरा हुने किसिमको शिक्षा दिनुपर्छ जस्तो लाग्छ ।

विद्यार्थीलाई थप केहि संदेश दिन चाहनुहुन्छ ? 

म के भन्न चाहन्छु भने अहिले जतिपनि विद्यार्थीहरुले एसइइ परीक्षा दिनुभएको छ, उँहाहरुले सहि निर्णय लिने बेला आएको छ । कलेजको नाम मात्र सुनेर, त्यसका विज्ञापनहरु मात्र हेरेर तथा पढेर कलेज छनोट नगर्नुहोला । कलेज छनोटको महत्वपूर्ण आधार भनेको त्यो कलेजको प्रमोटर को हो, उनीहरुमा शक्ति कति छ, उनीहरुको सोच कति सकारात्मक छ र उनीहरुले जे भनिरहेका छन् त्यो प्रस्तुतिमा आएको छ कि छैन । एकैपटक हजारौँ विद्यार्थी गए म पनि जान्छु भनेर जानु हँदैन । कुन कलेज पढे भन्दा पनि के पढे र के सिके भन्ने कुराले महत्त्व राख्छ । 

यदि तपाई भर्खरै एसइइ दिएर प्लस टु को लागि नयाँ कलेज खोज्दै हुनुहुन्छ भने हामीलाई भेट्न सक्नुहुन्छ । सायद तपाईले तपाईको सपना पुरा गर्न खोज्नु भएको डिस्टिनेसन हामी नै पो हौँ कि ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved