युनियन हाइड्रोको आईपिओ कसलाई कति कित्ता? बिजपाटीमा हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 05:01:55 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावरले निष्काशन गरेको आईपिओ  बाँडफांड भएको छ । बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले बिहिबार दिउँसो क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा शेयर बाँडफांड गरेको हो  । 

कम्पनीले  चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा ४७ हजार १ सय ८५ आवेदकले ३६ लाख ८९ हजार ८ सय ७० कित्ताको लागि आवेदन गरेका थिए । तर कुल ३४ लाख १० हजार ८ सय १० कित्ताको आवेदन मात्र योग्य भएका क्यापिटलले जनाएको छ । कम्पनीको आईपिओमा निष्काशन गरीएको भन्दा कम आवेदन परेकोले सबै आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । 



  बिक्रि नभएको १ लाख २३ हजार ५ सय ३० कित्ता शेयर अन्डरराइटरस हरुले सकारेका छन् । आईपिओको प्रत्याभूति लक्ष्मी क्यापिटल र प्रभु क्यापिटलले गरेका थिए  । प्रत्यभूति सम्झौता बमोजिम लक्ष्मी क्यापिटलले ६८.२५८ प्रतिशत शेयर र प्रभु कय्पितलले ३१.७४१ प्रतिशत शेयर सकारेका हुन  ।  कम्पनीले लमजुङको मिदिम खोलामा ३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी १ बर्ष देखि ब्यापारिक उत्पादन गरिरहेको छ। 


नतिजा बिजपाटीमा 

आईपिओको नतिजा  बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा युनियन हाइड्रोपावर छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved