अजोड इन्स्योरेन्सको आईपिओ तपाईलाई पर्यो कि परेन ? हेर्नुस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 10:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सको आईपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका कार्यालयमा आज दिउँसो ३ बजे आइपीओ बाँडफांड गरेको हो। गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले इन्स्योरेन्सको आइपीओ पाएका छन्। 

आईपिओमा  कुल ४ लाख ८५ हजार ३७१ आवेदकमा ८७३ आबेदन रद्द भएका छन्। बाँकि रहेका योग्य आवेदक मध्ये  गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले  मात्र शेयर पाएका छन् ।  

कम्पनीले असार २५ गतेदेखि देखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिएका हुन् ।हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ । 

आईपिओको नतिजा  बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा 'AJOD INSURANCE' छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved