१३ लाख ७६ हजारले भरे ज्योति लाइफको आईपीओ, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 05:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा हालसम्म १३ लाख ७६ हजार ७ सय ६१ आवेदकले २ करोड ९८ लाख ७७ हजार ५ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । सोमबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा २ अर्ब ९८ करोड ७७ लाख ५ सय ४० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो ।

ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । 

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।   लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । लगानीकर्ताले मेरोशेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved