म्यूजिक नेपालले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रवन्धकमा एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 07:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल र म्युजिक नेपालबीच ‘आईडीया टू आईपीओ’ सम्बन्धि सम्झौता भएको छ । 

क्यापिटलको ‘आईडीया टू आईपीओ’ सेवा अन्तर्गत म्यूजिक नेपाल लिमिटेडलाई संस्थागत परामर्श सेवासहित म्यूजिक नेपाललाई आईपीओ जारी गर्ने चरणमा पुर्याएर साधारण शेयरको सार्वजनिक निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौता भएको हो । 

सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महा प्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन् ।

नेपालको सन्दर्भमा म्यूजिक नेपाल लिमिटेड सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हुनेछ ।

एनआईसी एशिया क्यापिटलले आईडीया टू आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved