वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सिटिजन लाइफको आइपीओ बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 09:14:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले आज (आइतबार असार ३१) बाट आईपीओ निष्काशन गर्दैछ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल जारी पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार बराबरमन ५ लाख ६२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि निष्काशन गरिनेछ । 

१० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती लिएर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम् ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved