शिवशंकर इनभेष्टमेन्टले आइपीओ निष्काशन गर्ने, एलएस क्यापिटलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 03:31:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको निरीक्षण र मूल्याङ्कन एलएस क्यापिटलले गर्ने सम्झैतामा उल्लेख छ । आईपीओ पश्चात् शिवशंकर इन्भेष्मेन्ट कम्पनीले चुक्ता पुँजी रु. १ अर्ब माथी पु¥याउने योजना राखेको छ ।

शिवशंकर इन्भेष्टमेन्ट जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रहरूमा लगानीको व्यापक स्पेक्ट्रम केन्द्रित लगानी गर्ने कम्पनी हो । हाल कम्पनीले सानिगड हाइड्रो लिमिटेड, कलंगा हाइड्रो लिमिटेड र बुङ्गल हाइड्रो लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुमा लगानी गरेको छ भने अन्य सम्भाव्यता पनि खोजिरहेको छ । साथै, शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड र जय गणेश इन्भेष्टमेन्ट मर्जरको प्रक्रियामा छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved