जाईराको ‘आँखैले बोल्छ’ बोलको गीत रिलिज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 02:49:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जाईरा’ को ‘आँखैले बोल्छ’ बोलको गीत रिलिज भएको छ । भदौ ६ बाट रिलिज हुने फिल्मको रोमान्टिक गितमा अनुपबिक्रम शाही र नम्रता श्रेष्ठको रोमान्स देख्न सकिन्छ । 

मार्सलआर्ट्स खेलाडिको भुमिकामा देखिन लागेकि नम्रता गीतमा बोल्ड देखिएकी छिन् । गीतमा सन्तोष लामाको स्वर रहेको छ भने रवि मल्लको शब्द र कल्या सिंहको संगीत रहेको छ । भीडियोमा गोविन्द राईको कोरियोग्राफी रहेको छ । 

फिल्मको निर्माता नम्रता श्रेष्ठ हुन् भने कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् । फिल्मलाइ अशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, सिर्जना रेग्मी र रेमनदास श्रेष्ठ लगायतका कलाकार रहेका छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved