बुधबारको कारोबारमा बजार परिसूचक नेप्से १२.७२ अंकले घटेर १११२.२३ को बिन्दुमा ओर्लिएको छ। ११ सयको लाइनमा नेप्से परिसूचक आएसंगै बजार घट्दो प्रवृति देखिएको आंकलन गरिएको छ।
कुल कारोबार रकम २२ प्रतिशतले घटेर १६ करोड ६१ लाखमा सिमित भएको छ। बुधबार ६ लाख ८१ हजार १३८ कित्ता सेयर कारोबार हुँदा उत्पादन समुहबाहेकका सबै समुह घटेका छन।
नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने श्रीराम सुगर मिल, सगरमाथा इन्स्योरेन्स, र सुर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्नो समुहमा राम्रो देखिएका छन। त्यस्तै प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा बुधबारको कारोबारमा तिब्र उतारचढाब देखीयो।
महत्त्वपूर्ण बजार समाचार -नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत गरेको व्यवस्थाप्रति बैंकहरुको असन्तुष्टि, स्प्रेड रेट निर्धारणको प्रकृया र बैंकहरुले लिए सेवा शुल्कबारे गरिएको नयाँ व्यवस्था परिमार्जन गर्न बैंकर संघको आग्रह -नेप्सेद्वारा सुचिकृत कम्पनीहरुको बर्गिकरण -स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको एफपीओ बिक्रि र सेयर परिमार्जन ७०:३० लाई ५१:४९ गर्ने प्रस्ताब नेपाल राष्ट्र बैंकबाट अस्वीकृत |
ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ। |
उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ। यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ। आजको सेयरकारोबारमा जनता सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन। |
आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ। |
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।