एनएमवि लघुवित्तले २५ लाख ५७ हजार ९९३.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ०.६३२ प्रतिशतका दरले हुन आउने उक्त रकम नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
सोमबार सम्पन्न संस्थाको उक्त सभाबाट आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पारित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले जानकारी दिए । उक्त सभाबाट सर्वसाधारण समुह तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् ।