
निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कम्पनीले साउन ७ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जस अनुसार कम्पनीले सर्वसाधारण बचततर्फको क्रमिक बचतमा अधिकतम ९ प्रतिशत र समूहगत बचततर्फ सम्वृद्धि बचतमा ८.९६ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै मुद्दतीतर्फ भने कम्पनीले ८.५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।