लघुवित्तबाट पाइने लघुकर्जाको सीमा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 07:25:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तबाट लिन सकिने लघुकर्जाको सीमा बढेको छ । मौद्रिक नीति कार्यन्वयनको लागि मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले लघुकर्जाको सीमा बढाएको हो । 

जस अनुसार लघुवित्तले विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा रु. ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सक्ने छन् । विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्ति वा समूह सदस्यको हकमा १५ लाख रुपैयाँ सीमा कायम गरिएको छ ।

समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । तर, यस पूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न भने सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved