सिभिल लघुवित्त वित्तीय संस्था Civil Laghubitta Bittiya Sanstha ले एकसाथ ७ वटा शाखा विस्तार गरेको छ । संस्थाले विभिन्न जिल्लामा एकसाथ ७ वटा शाखा विस्तार गरेको हो।
संस्थाले झापाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कन्चनपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ विस्तार गरेको हो । संस्थाको यसअघि २६ जिल्लामा ४८ वटा शाखा रहेकोमा अब २७ जिल्लामा ५५ वटा शाखा पुगेको छ ।