जनउत्थानद्वारा व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 12:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank  ले व्यवसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ । संस्थाले यूके.एड., सक्षम वित्तीय पहुँच सँगको सहकार्यमा यस्तो तालिम सम्पन्न गरेको हो । 

समुह सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ चितवनको शक्तिखोर शाखा कार्यालय र पर्साको ठोरी शाखा कार्यालयमा सदस्यलाई तालिम दिएको हो । 

समूहमा आवद्ध ५३ जना सदस्यहरुलाई २ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको संस्थाले जनाएको छ । दुई छुट्टा छुट्टै स्थानमा सञ्चालित कार्यक्रममा इच्छाकालिका गाँउपालिका वडा नं. १, चितवनमा कालिका नगरपालिकाका पशु सेवा शाखाका अधिकृत इश्वरी प्रसाद पौडेलले र ठोरी गाउँपालिका २, टाउन प्लान, पर्सामा कृष्ण बहादुर कार्कीले तालिमलाई सहजीकरण गरेका थिए ।

तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो ।

संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved