आँधिखोला लघुवित्तद्वारा जोखिम व्यवस्थापन तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 10:44:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तको जोखिम व्यवस्थापन तथा पोजिटिभ भाइव्रेशन विषयक लालिम समम्पन्न भएको छ । संस्थाले आफ्ना ११ वटा शाखाका ३० जना फिल्ड सहायक कर्मचारीलाई दुई दिने तालिम दिएको हो । 

कम्पनीले स्वास्था मापदण्ड पालना गर्दै २ दिने तालिम सम्पन्न गरेको हो । सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डोलराज केसी, नायव प्रमुख कार्यकारी प्रमुख बाबुरामकुँवरको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन योजना तथा अनुगमन विभाग प्रमुख कुलदेव लामिछानेले गरेको संस्थाले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत केसीले कोभिडका कारण संस्थामा भाखानाघेको कर्जा बढीरहेको अवस्थालाई मध्यनजर गरी कर्जा अशुलीकालागि प्रभावकारी तवरले लाग्नका लागि निर्देशन दिए । त्यस्तै, नायव कार्यकारी प्रमुख बाबुराम कुँवर योजना विभाग प्रमुख कुलदेव लामिछानेले जोखिम ब्यवस्थापन तथा सकारात्मक सोंचको विकाश सम्बन्धी तालिमको सहजीकरण गरेको नायव कार्यकारी प्रमुखले बताए  । 

संस्थाको चुक्तापुँजी १० करोड रहेको छ । संस्था वाग्लुङ जिल्लामा केन्द्रियकार्यालय रहेको धौलागिरी लघुवित्तवित्तिय संस्था सँग मर्जरका लागि अन्तिम चरणमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved