मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 09:43:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले बित्तीय साक्षरता जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको  शाखा कार्यालय डंग्राहा, मोरङ्गले  करिब १०० जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा  बित्तीय साक्षरता जनचेतना, प्रहरी समुदाय साझेदारी कार्यक्रम र बीउ विजन वितरण कार्यक्रम सम्पन्न गरेको हो । 

महिला तथा बिद्यार्थीहरुको सहभागितामा बालबिबाह, बहुबिबाह, महिला हिंसा, लगूऔषधी लगाएत कानुनि व्यवस्थाका विषयमा इलाका प्रहरी कार्यालय, हरैचाका प्रतिनिधिले प्रस्तुत्तीकरण गरेका थिए । वित्तीय साक्षरता अन्र्तगत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशिलता बिषयमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तालिम तथा सामाजिक विकास प्रमुखले प्रस्तुत्तीकरण दिएको कम्पनीले जनाएको छ । 

त्यस्तै कृषि प्राबिधिक एकाराम माझी थारुले बेमौसमी तरकारी खेतिका बारेमा प्रशिक्षण साथै सहभागि सदस्यहरुलाई बेमौसमी तरकारीका बीउ विजन बितरण गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved