
मर्जरपछि समता लघुवित्त Samata Microfinance Bittiya Sanstha र घरेलु लघुवित्तले वैशाख २ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर प्रक्रिया सकिएसंगै समता घरेलु लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपछि बन्ने स्नास्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहने छ।
दुवै संस्थाको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुई संस्थालाई राष्ट्र बैंकले चैत्र १० गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले चैत्र १९ गते स्वीकृति प्रदान गरेको थियो ।
यी दुई संस्था १००:८० को स्वापमा मर्ज भएका हुन् । घरेलु लघुवित्तको १०० कित्ता बराबर नयाँ बन्ने संस्थाको शेयर ८० कित्ता हुने गरि मर्ज भएको हो । यी दुई संस्थाले असार १ गते मर्जर सम्झौता गरेका थिए ।
एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले चैत्र ३१ गते दुवै संस्थाको सम्पूर्ण सेवा बन्द रहने छ ।