
धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पदमा मीन बहादुर बोहरा नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले आज चैत्र २५ गते बुधबार देखि लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।
बोहरासँग ग्रामिण लघुबित्तमा, नेपाल कम्युनिटी डेभलपमेन्ट बैक, कालिका लघुबित्त र नेपाल एग्रो लघुबित्तको नेतृत्व तहमा कार्य गरेको अनुभव रहेको छ ।
बोहरालाई आजै सस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले पद तथा गोपनियताको सपथ गराएका छन् । बोहराले सस्थालाई नया उचाईमा पुर्याउने अभिलाषा रहेको र सोही अनुसार कार्य गर्ने प्रतिबद्धता संचालक समिति समक्ष व्यक्त गरेका छन् ।
बागलुङ जिल्ला स्थित केन्द्रीय कार्यालय धौलागिरि राष्ट्रिय स्तरको लघुवित्त हो ।