ग्लोबल आईएमई लघुबित्तले गर्यो आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 09:18:55 AM मा प्रकाशित

laxmi bank

ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्थाले कोरोना संक्रमित ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । 

संस्थाले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरु लाई रु.३ लाख २५ हजार रुपैया बराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङ्ग स्थित सर्वोदय सेवा आश्रममा रु.२५ हजार बराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण गरेको हो । 

सहयोग वितरण कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।

संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ । वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार शुरु गरेको हो । हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved