
मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha ले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ । कोभिड महामारीको यस समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोवारहरु गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ शुरु गर्ने भएको हो ।
उक्त कार्यको लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी दिए । उनले नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले from
Home र Cash Less कारोवारको लागि निरन्तर गरेको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको जानकारी दिए ।
सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशी बिच डिजिटल बैंकिङ सेवाको लागि सम्झोता पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।
डिजिटल बैंकिङ अन्तर्गत सदस्यहरुले कारोवारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमा नै बसेर आफ्नो खाताको जानकारी लिने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोवाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका बिलहरु घरमा नै बसेर भुक्तानी गर्न पाउने लगायत दुई दर्जन बढि सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।
विश्व आफै प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अंगाल्दै आगामी दिनमा घरमा नै बसेर सदस्यहरुले कर्जाको लागि आवेदन दिन सकिने टोल टोलमा नै स्पट बैंकिङ अन्तर्गत बचत राख्न र निकाल्न पाउने, लगायतका सेवाहरु विस्तार गर्दै लैजान सकिने संस्थाका अध्यक्ष बोहराले बताए ।
काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको यस संस्थाका सहायक प्रमुख कार्यकारी बिर्ख बहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नु पर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउनको लागि सबै सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।