मिर्मिरे लघुवित्तले शाखा प्रमुखलाई दियो व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2021 | 08:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलान्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले शाखा प्रमुखहरुलाई तालिम दिएर नयाँ आर्थिक वर्षको शुरुवात गरेको छ । लघुवित्तले महोत्तरीको बर्दिवास स्थित होटल विनायकमा बर्दिवास ब्लक तथा वरपरका १८ वटा शाखाका शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम दिएको हो ।

संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने, सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहरा एवं योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले शाखा प्रमुखहरुलाई नयाँ आर्थिक वर्ष २०७८÷७९ को रणनीति, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन लगायतका विषयवस्तुहरुमा प्रशिक्षण दिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आज श्रावण २ गते बाट संस्थाको सुदुरपश्चिम क्षेत्र अमरगढीमा पनि शाखा प्रमुखहरुको लागि व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम शुरु गरेको छ । उक्त तालिममा बौनिया क्षेत्रका क्षेत्रीय प्रमुख बेद प्रसाद आचार्य लगायतले तालिम दिएको कम्पनीले जनाएको छ ।

कर्मचारीहरु नै संस्थाको मुख्य सम्पत्ती भएको हुँदा कर्मचारीहरुलाई समय सापेक्ष सीपालु एवं दक्ष बनाउनको लागि यस्ता किसिमका तालिमहरुको नीयमित आयोजना गर्दै जाने संस्थाका सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले बताए । यस आर्थिक वर्ष मिर्मिरेको उत्कृष्ट कार्य प्रगति वर्ष बनाउनको लागि शुरुवातीबाट नै लागि परेको निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताए  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved