जनउत्थान लघुवित्तद्वारा बाढी प्रभावितहरुलाई राहात वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 07:14:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था Janautthan Samudayic Laghubitta Bikas Bank  ले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समुह सदस्यहरुलाई राहात वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवारविचवामा आवद्ध  ग्राहकलाई राहत वितरण गरेको हो ।

कम्पनीले करीव ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आवद्ध करीव ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउपालिकामा अवस्थित शाखा कार्यालय शान्तिबजारमा आवद्ध ४८ जना गरी १२४८ जना समुह सदस्यहरुलाई मङ्सिर ५, ६ र ७ गते छुट्टा छुट्टै स्थानमा औपचारिक कार्यक्रम गरी करीव २५ लाख बराबरको चामल २५ किलो, दाल २ किलो, तेल र नुन सहित वितरण गरेको व्यहोरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए।

राहात वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माले सामाजिक भावका साथ बेमौसमी वर्षाका कारण क्षति व्यहोर्नु परेका संस्थामा आवद्ध समुह सदस्यहरुलाई स्थानीय निकाय सँगको समन्वयमा थोरै भए पनि राहात प्रदान गर्ने उदेश्यले समुह सदस्य माझ राहात वितरण गरिएको बताए । उनले वित्तीय संस्थाले विगतमा पनि विभिन्न किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गत क्रियाकलापहरु गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता किसिमका क्रियाकलापहरुलाई निरन्तरता दिइने बताए।  घ श्रेणीको वित्तीय संस्थाले समेत यस्ता कार्यक्रम राहात प्रदान गरि सन्देश प्रवाह गर्न खोजिएको र अरु संस्थाहरुले समेत सहयोग गर्नु पर्ने उनले बताए।

वित्तीय संस्थाले पर्सा देखि कञ्चनपुर सम्मका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय विस्तार गरि करिव ४७ हजार न्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा वित्तीय सेवा पु¥याई आएको र समुदायमा रहेको शिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved