क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्ययोजना पेश गर्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 03:15:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  दोहोरो लगानी (cross holding)  भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै दोहोरो लगानी (cross holding)  भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको हो 

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ' इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु वीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा वढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ ।'

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ मौद्रिक नीति सार्वजनिक गर्दै  वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरिने उल्लेख गरेको थियो । सोहिको कार्यन्वयनको लागि राष्ट्र बैंकले आज सर्कुलर जारि गरेको हो । 

मौद्रिक नीतिमा राष्ट्र बैंकले  'थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिनेछ ।' भन्ने पनि उल्लेख गरेको थियो 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved