सबैको लघुवित्तद्वारा मुसहर समुदायलाई वित्तीय साक्षरता प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2022 | 06:56:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले सप्तरीस्थित तोपाबजार शाखाको आयोजनामा सप्तरी जिल्ला राजविराज नगरपालिका १४ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

पर्साही सबैको महिला समूहका स्थानीय मुसहर समुदायका सदस्य, सदस्यका छोराछोरीहरु तथा वृद्धवृद्धाहरुको सहभागितामा एक दिने “वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको हो । 

कार्यक्रममा आयआर्जन गर्ने तौरतरिका, स्वावलम्वी हुने तरिका, उद्यमी बन्ने तरिका, बचत गर्ने तरिका, कर्जा तथा बचतका फाइदाहरु, कर्जा सदुपयोगिता गर्दा हुने फाईदाहरु, बालबालिकालाई शिक्षादिक्षाको लागि उत्प्रेरणा, वित्तीय सुशासन, सचेतनामूलक जानकारी, सरसफाई आदि बारेमा जानकारी दिईएको थियो ।

उक्त कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिस कुमार सिंह, राजविराज नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शोभालाल मण्डल लगायतका उपस्थिति रहेको थियो । 

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाको शाखा कार्यालय तोपाबजारको कार्यक्षेत्र सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. १४ मा अवस्थित पर्साही सबैको महिला समूहका स्थानीय मुसहर समुदायका बालबालिकाहरुलाई स्टेशनरी प्रदान गरेको थियो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री केशव कुमार पौडेलद्वारा राजविराज नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शोभालाल मण्डल लगायतको उपस्थितीमा स्थानीय मुसहर समुदायका समूह सदस्यहरु, वृद्धवृद्धाहरुलाई ३० थान न्यानो कम्बल वितरण गरिएको थियो । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, वरिष्ठ प्रवन्धक तथा विभागिय प्रमुख गंगापाल चौधरी, सहायक प्रवन्धक सन्तोष कुमार दत्त, सुपरीवेक्षण अधिकृत प्रेम बहादुर कार्की तथा शाखा कार्यालय तोपाबजारका शाखा प्रवन्धक तथा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved