सबैको लघुवित्तद्वारा व्यवसायिक केरा खेती तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2022 | 05:51:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले संस्थाका आफ्ना २७ जना ग्राहक सदस्यहरु तथा ग्राहक सदस्यहरुका अभिभावकहरुको सहभागितामा चैत्र १ र २ गते नवलपरासी (पश्चिम)को प्रतापपुरमा “ब्यवसायिक केरा खेती तालिम” सम्पन्न गरेको छ ।

संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार तालिममा प्रशिक्षक विवेक ठाकुर, चन्द्रकान्त भुज, पवन कुमार श्रेष्ठ, विक्रम उपाध्याय, निशा चौधरी रहेका थिए । 

तालिमको समापन कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष हेमेन्द्र कुमार पञ्जियारले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । वडाध्यक्ष पञ्जियारले यस गाउँपालिकामा हालसम्म कुनै पनि लघुवित्तले यस्तो किसिमको तालिम नदिएको जानकारी गराउँदै सबैको लघुवित्तलाई धन्यवाद दिएका थिए ।  

केरा खेतीको परिचय, महत्व, संभावना, केरा खेतीको उपयोग, केरा खेतीको लागि उपयुक्त हावापानी, केराका जातहरु, जातिय विशेषता, केराको बगैंचा ब्यवस्थापन र पोष्ट हार्भेष्ट, केरा बगैंचाको स्थापना र वार्षिक संचालन कार्यतालिका, केरा बगैंचामा मल प्रयोग गर्ने समय र परिणाम, सिंचाई, रेखाकंन र केरा रोप्ने दुरी, केराका लागि खाडलको तयारी, केरा रोप्ने समय र तरिका, केरामा लाग्ने प्रमुख रोग, किरा र यसको ब्यवस्थापन, केराको विविधिकरण, केराबाट बन्ने ४२ किसिमका परिकारहरुको फोटोहरु, केराको पिठो बनाउने तरिका, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले बताए । 

संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए । 

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई प्रतापपुर गाउँपालिका–६ कठहवाँका स्थानीय ब्यवसायिक उद्यमी कृषक मजिद मियाँको बीस विघाहामा फैलिएको केरा खेती फार्म, केराको बीऊ उत्पादन प्रविधि र सुस्ता गाउँपालिका–४, नर्सही जर्लैयाका स्थानीय उद्यमी कृषक श्री धन बहादुर गुरुङ्गको १४ कट्ठामा फैलिएको केरा खेती फार्म अवलोकन गरेका थिए । 

सबैको लघुवित्तले ९६ कार्यालय मार्फत सेवा प्रदान गर्दै आई रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved