मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई गाभेपछि एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 08:55:07 AM मा प्रकाशित

laxmi  sunrise bank

 मिर्मिरे लघुवित्तले बुद्ज्योति लघुवित्तलाई गाभेपछि भदौ १५ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै कमपनीको असार ३१ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेको थियो । दुवै कम्पनीले भदौ ६ गते नेपाल राष्ट्र बैंकबाट मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै भदौ ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाएपछि भदौ १५ गतेबाट एकिकृत कारोबार हुन लागेको हो। एकिकृत कारोबारपछि कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा नै रहने छ ।

एकिकृत कारोबार हुने दिन सबै शाखा कार्यालयको कारोबार बन्द हुने कम्पनीले जनाएको छ ।

यस अघि मिर्मिरे लघुवित्तले  नागबेली र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको  छ।  मिर्मिरेले  बुद्दज्योति लघुवित्तलाई १:०.७६ स्वाप रेशियोमा प्राप्ति गरेको हो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved