
 2mb (1).gif)
मर्जर प्रस्ताव पारित गर्दै आँधिखोला लघुवित्तको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज शुक्रबार स्याङ्जाको वालिङ स्थित होटल गाँउवेशीको सभाहलमा विशेष साधारणसभा सम्पन्न गरेको हो ।
सभाले संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसी द्धारा प्रस्तुत मर्जर सम्वन्धी प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ। त्यस्तै सभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र (Memorandum of Understanding), सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन (DDA), गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तीम सम्झौतापत्र स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन (DDA) गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने , भविष्यमा अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभ्ने/गाभिने (Merger) प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ। त्यस्तै प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन तथा मर्जर सम्बन्धी कार्य उपर थप प्रष्ट गर्नु परेमा वा नियमनकारी निकायबाट कुनै विषयमा निर्देशन वा सुझाव दिएमा सो बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ।
विशेष साधरण सभामा मर्जर समितिका संयोजक तथा पव्लिक सञ्चालक विद्या श्रेष्ठले मर्जर प्रकृया र दुई संस्था विचको मर्जरले आगामी दिनमा गण्डकी प्रदेशको एक सवल र उत्कृष्ट लघुवित्तको रुपमा सिवाइसी नेपाल लघुवित्त वन्ने र लगानीकर्ताहरु लगानी सदाका लागी शुरक्षित रहने धारणा ब्यक्त गरेका छन् ।