आँधीखोला र सीवाईसी नेपाल लघुवित्तले पाए मर्जरको लागि अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 03:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले आज दुई कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो ।

अन्तिम स्वीकृति पाएसँगै अब दुवै कम्पनीले १ महिना भित्र एकिकृत कारोबार गरिसक्नु पर्ने छ ।  दुवै कम्पनीको असोज ७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए  ।  यी २ संस्थाबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो।   

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ । सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आईपिओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved