साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले पाए मर्जरको सैद्दान्तिक स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 10:20:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको हो। 

यस सँगै अब दुवै संस्थाले साधारणसभा आह्वान गरेर मर्जर प्रस्ताव पारित गराउने बाटो खुलेको छ। गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो । 

१००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्ट पछि मात्र आउने भएकोले सो समयसम्ममा स्वाप १००:९० सम्म कायम हुन सक्ने बताईएको थियो ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। मर्जरपछि बन्ने संचालक समितिमा  दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved