केही लघुवित्तमा सेयर बजारका खेलाडी छिरेपछि समस्या आयोः राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 08:12:02 PM मा प्रकाशित

laxmi  sunrise bank

लुघुवित्त वित्तीय संस्थामा शेयर बजारका खेलाडी छिरेपछि समस्या देखिएको राष्ट्र बैंकले जनाएको छ। आज काठमाडौँमा आयोजित  'संकटमा लघुवित्तः कारण र समाधान'  शिर्षकको राउन्ड टेवल छलफलमा नेपाल राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो बताएका हुन्।

अहिले १० प्रतिशत लघुवित्त नाफा केन्द्रीत भई समस्या सिर्जना गरेको र त्यसमा शेयर खेलाडी छिरेको नेपालले बताए। ‘सबै लघुवित्तले गल्ती गरे भन्ने हैन, केही अर्थात १० प्रतिशत जति लघुवित्तमा शेयर खेलाडी छिर्दा तिनीहरु नाफाकेन्द्रीत बनेका छन्।’ उनले भने, ‘अब चाँडै यस्तो प्रवृतिलाई कस्ने नीति ल्याउँछौँ।’

कतिपय कम्पनीको गलत अभ्यास र बहुकर्जाका कारण लघुवित्त क्षेत्रमा समस्या देखिएको उनको भनाई छ। साथै उनले लघुवित्तलाई केन्द्रमा राखेर देखाईएको समस्या लघुवित्तको मात्रै नभएको जिकिर गरे। ‘समस्या लघुवित्तमा र लघुवित्तको कारण मात्रै होईन।’ उनले भने ‘लघुवित्त, साहुकार र सहकारी तीन पक्षमा जेलिएको देखियो’। 

बहुकर्जाका कारण लघुवित्तका ऋणी र संस्था दुवै समस्यामा पर्ने देखिएकाले अब एक वा दुई संस्थाभन्दा बढीबाट ऋण लिन नपाइने व्यवस्था गर्न लागेको समेत उनले बताए। 

अहिले लघुवित्तको ऋण नतिर्ने भन्ने अभियान गलत भएको बताउँदै ऋणीहरू अन्यायमा परेको भए हरेक घटनाको केस्राकेस्रा केलाएर कारबाही गर्न राष्ट्र  बैंक तयार रहेको बताए। तर, ५/१० प्रतिशत लघुवित्तमा देखिएका कमजोरी र समस्यालाई लिएर समग्र क्षेत्रलाई नै बदनाम गर्नु उचित नहुने उनको भनाइ छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved