लघुवित्त विरुद्धको संघर्ष समितिले माईतिघर मण्डलामा आन्दोलन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 09:11:55 AM मा प्रकाशित

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले फागुन ३० गते काठमाडौँको माईतीघर मण्डलामा आन्दोलन गर्ने भएको छ। लघुवित्त वित्तिय संस्थाहरु विरुद्द दोस्रो चरणको आन्दोलन घोषणा गरेको समितिले फागुन ३० गते माइतिघर मण्डलामा आन्दोलन गर्न लागेको समितिका अध्यक्ष मणिराम (पुनाराम) ज्ञवाली ज्ञवालीले बताए। 

ज्ञवालीले लघवित्तबाट ऋण लिएकाहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाएकोले कडा आन्दोलनको घोषणा गर्नु परेको बताए । समितिले लघुवित्तिय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगायतका माग राखेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved