कर्मचारीलाई कलोमोसो दलिएपछि लघुवित्त बैंकर्स संघले भन्यो 'अराजकता आयो, सुरक्षा देऊ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 07:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तका कर्मचारीमाथि कालो मोसो दल्ने कार्य हुन लागेपछि लघुवित्त बैंकर्स संघले आपत्ति प्रकट गर्दै सो निन्दा तथा भर्त्सना गर्दछ । संघले  सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग अपिल पनि गरेको छ।

फाल्गुण १६ गते एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपाल प्रसाद उपाध्यायलाई अज्ञात समुहले कुटपिट सहित कालो मोसो दली अपमानजनक व्यवहार गर्दै समुहबाट संकलन भएको रकम समेत लुटेर फरार भएको घटना प्रति नेपाल लघुवित्त बैंकर्स संघ घोर आपत्ती प्रकट गर्दै र यस कार्यको निन्दा तथा भर्त्सना गरेको हो।

संघले बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गरेको हो। साथै संघले सम्पूर्ण लघुवित्तका कर्मचारी तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरु यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न पनि अपिल गरेको छ।

हाल देशमा अराजकताको अवस्था सिर्जना हुदै गएको भन्दै संघले यस्तो परिस्थतीमा कत्ति पनि विचलित नभै आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मी कर्मचारीहरुलाई अनुरोध गरेको छ।

यस्तो छ संघको धारणा जस्ताको तस्तै : 

मिति २०७९ फाल्गुण १६ गते एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को जाजरकोट शाखामा कार्यरत कर्मचारी श्री गोपाल प्रसाद उपाध्यायलाई अज्ञात समुहले कुटपिट सहित कालो मोसो दली अपमानजनक व्यवहार गर्दै समुहबाट संकलन भएको रकम समेत लुटेर फरार भएको घटना प्रति नेपाल लघुवित्त बैंकर्स संघ घोर आपत्ती प्रकट गर्दछ र यस कार्यको निन्दा तथा भर्त्सना गर्दछ ।

लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्ष देखि ग्रामिण क्षेत्रमा गै विनाधितो कर्जा उपलब्ध गराई ग्रामिण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागि रहेको छ । यहि क्रममा जाजरकोट जस्तो अति विकट क्षेत्रमा गै गरिवी न्यूनिकरण र महिला शक्तिकरणको लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथी भएको यो कारवाही अमानविय र अराजकताको पराकाष्ठ हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ ।

वित्तीय कारोबार अत्याबश्यक सेवा हो । तर यो सेवा शान्ती सुरक्षा तथा अमनचैन विना प्रदान गर्न सकिदैन । त्यसमा पनि घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नु पर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि त शान्ती सुरक्षाको झनै आवश्यक पर्दछ । त्यसैले, बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गर्दछौ ।

सम्पूर्ण लघुवित्तका कर्मचारी साथीहरु तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरु यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न पनि अपिल गर्दछौ । हाल देशमा अराजकताको अवस्था सिर्जना हुदै गएको छ यस्तो परिस्थतीमा कत्ति पनि विचलित नभै आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मी सवै कर्मचारी साथीहरुलाई अनुरोध गर्दछौ ।

अन्तमा, यस्ता गतिविधिबाट कहि कसैका लाभ नभै यसले सम्पूर्ण जनमानसमा नकारात्मक प्रभाव पार्ने र देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुदा यस्ता गतिविधि तत्काल बन्द गरी शान्तीपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न सम्वन्धीत सबै पक्षसंग समेत अपिल गर्दछौ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved