लघुवित्त विरोधी आन्दोलन नरोके प्रतिकार गर्ने महिलाहरुको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2023 | 06:38:34 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त बचाऔं भन्दै महिलाहरुले आज विराटनगरमा शान्तिपूर्ण ¥याली निकालेका छन् । लघुवित्तले पु¥याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई कायम राख्नु पर्दछ भन्दै महिलाहरु र्याली निकालिएको हो ।

लघुवित्तका विरुद्धमा गरिने संघर्षका भ्रमपूर्ण कार्यक्रमहरु तत्काल बन्द हुनु पर्ने माग गर्दै लघुवित्त संरक्षण तथा प्रवद्र्धन समितिको अगुवाईमा र्याली निकालिएको हो । र्यालीमा सहभागीले ‘लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन’, ‘लघुवित्त रुपी बृक्षको रक्षा गरौं’, ‘गरिबहरुको वित्तीय पहूँच हुन पर्छ’ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

र्याली विराटनगर हाटखोलामा भेला भएर विराटनगर नगरक्षेत्र भित्र देवकोटा चोक, सिद्धार्थ चोक, हनुमान मन्दिर, अतिथि सदन, गोल्छा चोक, जिल्ला प्रशासन कार्यालय हुदै पुनः हाटखोलमा आई कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा महिलाहरुले लघुवित्तले सिकाएको सिपले आफूहरुले आफ्नो जीवन चलाएको, छोराछोरीलाई पढाएको, बेरोजगार रहेका श्रीमानहरुलाई समेत रोजगारी सृजना गराएको र कतिपय उद्यमीसमेत बनेको भन्दै लघुवित्तको प्रशंसा गरेका छन् । 

लघुवित्त संघर्ष समितिलाई चुनौति दिँदै महिलाहरुले लघुवित्त विरोधी आन्दोलन तत्काल नरोके प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved