एनआइसी एशिया लघवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 10:14:55 AM मा प्रकाशित

laxmi  sunrise bank

एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप–प्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता ¥याली कार्यक्रम संचालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको यो कार्यक्रम परासी लघुवित्त कर्मचारी मंचको अगुवाईमा संचालन भएको हो।

कार्यक्रममा नवलपरासी क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तहरुमा आवद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम परासीको हाटबजारबाट शुरु भई बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

यसरी वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहित भएको उक्त ¥याली कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको लघुवित्तका कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम अर्जुन श्रेष्ठले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved