नेष्डो समृद्ध लघुवित्तको लाभांश विवादबारे आज सर्वोच्चमा सुनुवाई, दोस्रो नम्बर मै पेशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 10:38:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्तको लाभांश विवादबारे आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । आज न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो।

सो इजलाशमा यो मुद्दाको पेशी दोस्रो नम्बरमा नै तोकिएको छ । यो रिटको सुनुवाईको लागि जेठ १६ मा पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेपछि आज सुनुवाई हुन लागेको हो। 

कम्पनीले आफुले प्रस्ताव गरेको लाभांश नै वितरण गर्न पाउनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर जेठ ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा जेठ ९ गते न्यायधीश सुष्मालता माथेमाको एकल इजलाशले लाभांश घटाउने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।  साथै राष्ट्र बनकको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आज जेठ २४ गते दुवै पक्षबीच छलफल हुन लागेको हो ।

नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएपछि कम्पनी अदालत गएको हो। नेष्डो लघुवित्तको चैत्र ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरी कुल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तलाई १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको यो निर्देशनमा असन्तुष्टि जनाउँदै कम्पनीको सञ्चालक समितिले राष्ट्र बैंक विरुद्द रिट दायर गरेको थियो ।

यो पनिः

नेष्डोलाई १७.९३ प्रतिशत लाभांश मात्र बाड्न राष्ट्र बैंकको निर्देशन, अदालत जाँदै कम्पनी

नेष्डो समृद्ध लघुवित्तले भन्यो ‘सबै निर्देशन पालना भएको छ, पुरै लाभांश स्वीकृतिको विश्वास छ’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved