नेष्डोलाई १७.९३ प्रतिशत लाभांश मात्र बाड्न राष्ट्र बैंकको निर्देशन, अदालत जाँदै कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 10:13:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तलाई १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको छ  । राष्ट्र बैंकले कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हालको चुक्ता पूँजीको १७.९३४२ प्रतिशत मात्र लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो  ।

कम्पनीले भने हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

कम्पनीको संचालक समितिले भने राष्ट्र बैंकको यो निर्देशन कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन २०७९/११/१० गते जारी शंसोधित निर्देशनको व्यवस्थासंग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्था विच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र वैंकवाट स्वीकृत लाभांशको जानकारीले शेयरधनिले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने निर्णय कम्पनीले गरेको छ ।

राष्ट्र वैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपुर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने निर्णय कम्पनीले गरेको छ । अर्थात् कम्पनीले यस अघि भने जस्तै यो विषय अदालत लैजाने भएको छ । 

कम्पनीले राष्ट्र बैंकबाट प्राप्त भएको पत्र नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र वोर्ड लगायत सरोकारवाला निकायमा जानकारी गराउने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved