५ शर्त तोकेर राष्ट्र बैंकले स्वस्तिक र समाज लघुवित्तलाई दियो डिमर्जको स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 04:50:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले स्वस्तिक लघुवित्त र समाज लघुवित्तबीच डिमर्जको लागि स्वीकृति दिएको छ। मर्जर सम्झौता गरेर लामो समयसम्म पानि यी दुई कम्पनीले एकिकृत कारोबार गर्न सकेका थिएनन् । 

समाज लघुवित्तले डिमर्जको लागि राष्ट्र बैंक समक्ष स्वीकृति माग गरेको थियो । राष्ट्र बैंकले विभिन्न ५ वटा शर्त तोकेर दुवै लघुवित्तलाई डिमर्जमा जान जेठ २६ गते शुक्रबार स्वीकृति प्रदान गरेको हो । 

शर्त अनुसार अब दुवै कम्पनीले ६ महिना भित्र अर्को मर्जरको लागि सम्झौता गर्नु पर्ने छ । त्यस्तै अर्को मर्जर प्रक्रिया सम्पन्न नहुँदासम्म लाभांश बितरण गर्न पाउने छैनन् । त्यति शाखा विस्तार पनि गर्न पाउने छैनन् । राष्ट्र बैंकले दुवै कम्पनीको संचालक समितिलाई पनि सचेत गराएको छ ।  

 २०७७ साल असोज ५ गते दुवै संस्थाबीच समान स्वाप अनुपातमा मर्जर सम्झौता भएको थियो । तर ३ वर्ष हुन लाग्दासम्म मर्जर प्रक्रियाले पूर्णता पाउन सकेको छैन । 

समाज लघुवित्तले सर्वसाधारणमा आईपिओ निष्काशन गरिसको छ भने स्वस्तिकले गर्न बाँकि रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved