केहि व्यक्तिले आन्दोलन गर्दैमा लघुवित्तको योगदान बिर्सन मिल्दैन : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 06:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केहि व्यक्तिले लघुवित्त विरुद्द आन्दोलन गर्दैमा लघुवित्तको योगदान बिर्सन नमिल्ने बताएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले आगामी मौद्रिक नीतिबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मनिराम ज्ञवालीको नेतृत्वमा भएको लघुवित्त विरोधी आन्दोलनलाई इंगित गर्दै उनले लघुवित्तका योगदान धेरै रहेकोले लघुवित्तलाई सिध्याउने नभई सुधार गरेर थप सक्षम बनाउनु पर्ने उनले बताएका हुन् । अहिले पनि कतिपय व्यक्ति र संस्थाले लघुवित्तको कर्जा तिर्दिन्न भनेर आन्दोलन गरे पनि यस्तो छुट कसैलाई पनि नभएको उनले प्रष्ट पारे । 

लघुवित्तको महत्व र योगदानलाई बुझेर नै लघुवित्तको वर्तमान सस्म्य समाधान गर्नलाई कमिटी बनाएर काम गरिरहेको उनले जानकारी दिए । कमिटीमा राष्ट्र बैंक, लघुवित्त बैंकर्स संघ, लगायतका सरोकारवालाहरु रहेको उनले बताए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved