नेशनल लघुवित्तद्वारा कागतीका विरुवा वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 08:56:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लघुवित्त वित्तीय संस्थाले कृषकहरुलाई निशुल्क रुपमा  कागतीका विरुवा वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय, बागचौर, सल्यानले आफ्नो कार्यक्षेत्र रहेको दार्मा गाउपालिकाका सबै वडाका कृषकहरुलाई करिव २२५०० कागतीका विरुवा  कृषकहरुलाई वितरण गरेको हो ।

उक्त निशुल्क वितरण गरिएको विरुवाहरुको वजार मुल्य करिव ६ लाख वरावरको रहेको कम्पनीले जनाएको छ । दार्मा गाउपालिकाकी उपाध्यक्ष जुना मल्लको उपस्थितिको कार्यक्रम भएको हो । सबै विरुवालाई राम्रो संग लगाई उत्पादन गरिएको कागतीलाई गाउँपालिकाले नै वजारीकरण गर्ने व्यवस्था गर्ने उपाध्यक्ष मल्लले बताईन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved