समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 10:58:38 AM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ। दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्न लागेको हो।

हाल समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड ८४ लाख रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा  समता घरेलु लघुवित्तले ५ करोड ७४ लाख खुद नाफा कमाएको थियो मनकामना स्मार्ट लघुवित्तले २१ लाख ६८ हजार खुद नफा कमाएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved