डिप्रोक्स लघुवित्तका ब्रान्च म्यानेजरमाथि हातपात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 02:01:35 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्तका एक जना ब्रान्च म्यानेजरमाथि ऋणीले नै हातपात गरेका छन् । कम्पनीको सिन्धुलीको कपिलाकोटमा रहेको शाखाका शाखा प्रमुख शिवहरी खड्का माथि हातपात भएको हो ।  

खड्कालाई ऋणीमाथि चैत्र ३ गते हातपात भएको हो । ब्रान्च म्यानेजर खड्काका अनुसार ऋणीले १ वर्ष अगाडी डिप्रोक्स लघुवित्तबाट १ लाख ४० हजार रुपैयाँ ऋण लिएका थिए, तर पटक पटक ऋण तिर्न आग्रह गर्दा पनि आँफुले ऋण नलिएको र  अरुले नै ऋण लिएको दाबी गर्दै आएका थिए । लघुवित्तका कर्मचारीहरुले ऋणी नलिएको भयो सोहि व्यहोरा खुलाएर निवेदन दिन आग्रह गरेका थिए  । तर उनले वास्ता नगरेको ब्रान्च म्यानेजर खड्का बताउछन् ।

ऋण लिएको लामो समय भएकाले भाका थप्न शनिबार दिउँसो लघुवित्तका कर्मचारी ऋणीकै घरमा गएका थिए । त्यहाँ पनि ऋणीले कर्मचारीलाई हातपात गर्न खोजेको खड्काले बिजपाटीलाई जानकारी दिए । 

त्यसपछि  ऋणीलाई कुरा गर्न कार्यालयमा नै बोलाईएको खड्काले जानकारी दिए । खड्काका अनुसार शनिबार बेलुका एक जना मानिस सहित ति ऋणी लघुवित्तको कार्यालयमा आएका थिए । त्यहाँ आएर कुरा गर्नु भन्दा पहिलेनै उनीहरुले आफुमाथि हातपात गरेको खड्काले बताए। त्यस क्रममा कार्यालयको एउटा ल्यापटप फुटेको उनको भनाइ छ ।

“एक जना त ऋणी थिए तर अर्को जना चाँहि हामीसँग सम्बन्धित नै नभएको मानिसले आएर हातपात गरे । भित्र दुई जना मात्र आएका थिए बाहिर अरु पनि थिए,” खड्काले भने ।  हातपात गर्नेमा दुवै जना पुरुष रहेको खड्काले बताए । त्यसपछि  प्रहरीलाई खबर गरेर हातपात गर्नेहरुलाई प्रहरीको जिम्मा लगाइएको खड्काको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved